Menu
Your Cart

Important Notice!

Please place your Father's Day orders by 3:00 p.m. NST on August 22 to ensure guaranteed delivery on August 23, 2025.

Sunya ko Mulya by Dr. Nabaraj Kc

Sunya ko Mulya by Dr. Nabaraj Kc
Sunya ko Mulya by Dr. Nabaraj Kc

Limited Delivery within Katmandu Valley.
Please place your order two days in advance of the actual delivery

Description:    

एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! - बुद्धिसागर
US$ 8.99
  • Stock: In Stock
  • SKU: SKM-BM-022