Menu
Your Cart

Important Notice:

Our delivery service will be limited on March 4th and 6th, and remain fully closed on March 5th 2026, due to the House of Representatives election. We’ll resume normal services on March 7th, 2026.Thank you for your understanding.

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत by Sudheer Sharma

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत by Sudheer Sharma
भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत by Sudheer Sharma

Limited Delivery within Kathmandu Valley.
Please place your order two days in advance of the actual delivery

Description:    

लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वजयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ ।

यस्तो किन भयो भने— नेपालले कुनै बेला गङ्गातट र तिब्बती । पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो । काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो ।

यताबाट बुद्धको विचार हिमालपारि गएको थियो, उताबाट' माओको राजनीतिक विचार यता आएको थियो । धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए ।

यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको ३ करिब १,५००/- वर्षे उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्राप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिविम्बित हुन्छ ।

US$ 13.99
  • Stock: In Stock
  • SKU: BBN-GNP-104